समाज : सुरक्षा/अपराध

जब प्रहरी नै ग्राहक बनेर चितुवाको छाला किन्न पुग्यो...
SHARES

माघ ६, २०७५

    सुर्खेत : चिुतवाको दुईथान छालासहित सुर्खेतमा एकजना पक्राउ परेका छन्। प्रदेश ५ बाट खटिएको अपराध अनुसन्धान व्युरोको विशेष प्रहरी टोलीले ग्राहक बनेर पछ्याउँदै आइतबार दिउँसो सुर्खेतबाट छालासहित एक जनालाई पक्राउ गरेको  हो।

    प्रदेश ५ प्रहरी अपराध अनुसन्धान समूहका प्रहरी निरीक्षक बोदराज रेग्मीलाई विशेष सूचना प्राप्त भयो। उनलाई कालिकोटका एक व्यक्तिले चितुवाको छाला विक्री गर्ने योजना बनाइरहेको सूचना दिएका थिए। उनले चितुवाको छाला बिक्री गर्ने व्यक्तिलाई नेपालगञ्जमै खरिद गर्ने भएकाले नेपालगञ्ज आउन आग्रह गरे। चितुवाको छाला भएका व्यक्ति नेपालगञ्ज नआउने अड्डी कसे। रेग्मीसहितको टोलीले कालिकोट जिल्ला रास्कोट नगरपालिका ४ सिउनाका टंकप्रसाद उपाध्यायसँग सम्पर्क गरी राखे। रेग्मीले आफैँ सुर्खेत आउने र 'लोकसन' तय गर्न उपाध्ययलाई आग्रह गरे। अन्ततः वीरेन्द्रनगर ३ स्थित होटल भिजिट रारामा छाला किन्ने निर्णय भयो।रेग्मीसहितको टोली छाला किन्ने भनेर सुर्खेत आयो। 

    शुरुमै उपाध्यायले छाला देखाउन मानेनन्। उनले कतिमा किन्ने भन्ने निर्क्याैलविना छाला नदेखाउने अड्डी कसे। रेग्मीले एकलाख रकम दिने बचन दिँदै रुपैयाँ नै देखाए। रुपैयाँ नै देखेपछि उपाध्यायले आफूसँग भएको चितुवाको छाला देखाए। छाला देखाउने वित्तिकै उपाध्यायलाई प्रहरीले नियन्त्रणमा लियो। रेग्मी सहितको टोलीले उपाध्यायलाई होटल भिजिट राराको अगाडिबाट पक्राउ गरेको छ। उनको साथबाट दुई थान ध्वाँसे चितुवाको छाला बरामद गरेको ५ नम्बर प्रदेश प्रहरी अपराध अनुसन्धान समूहका प्रहरी निरीक्षक रेग्मीले जानकारी दिए। 

    स्रोतका अनुसार उपाध्यायसँग छाला भएको खबर पोखराबाट डिभिजन वन कार्यालय सुर्खेतलाई जानकारी गराइएको थियो। वन कार्यालयको टोलीले प्रहरीसँगै मिलेर छाला नियन्त्रणमा लिने निधो गरेसँगै अन्ततः प्रहरीले आफैँ ग्राहक बनेर छालासहित पक्राउ गरेको हो। पक्राउ परेकोलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको जिम्मा लगाएर ५ नम्बर अनुसन्धान टोली फर्किएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी वशन्त रजौरेले सोमबार वन कार्यालयलाई बुझाउने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]