|

उदयपुर : उदयपुरको कटारी नगरपालिकामा रहेको त्रिवेणी घाटमा लाग्ने १५ दिने माघी मेलामा यसबाट बोटिङ सेवा सुरु गरिएको छ। मेलाको पुराना आकर्षण घट्दै गएपछि तावा खोलामा कृति पोखरी बनाएर बोटिङ सयर सुरु गरिएको हो।

माघ गतेबाट सुरु भएको त्रिवेणी माघी मेलामा अहिले प्रमुख आकर्षण बोटिङ भएको छ। ‘त्रिवेणी मेलामा पुराना आकर्षण रुपमा हेरिने स्थानीय कृषिजन्य उत्पादनको व्यापार घट्दै गयो’ स्थानीय सन्तोष कार्कीले भने,‘नयाँ आकर्षण रुपमा बोटिङ सेवाले थप अकर्षण बनेको छ।’

कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले मेलाको अवलोकन गर्दै भने, ‘आन्तिरिक पर्यटन बढाउन कृति पोखरीमा बोटिङ १०० व्यवसायिक बनाउन सकिने रहेछ।’ ठूला नदी र तालमा मात्र हुने जल सयर कृतिम पोखरी बनाएर मेलामा संचालन गरिएपछि अहिले भीड बढेको छ। गत वर्षहरूमा कटारी नगरपालिकाले मेलाको ठेक्का दिए पनि अहिले उदयपुर उद्योग वाणिज्य संघ कटारीले व्यवस्थापनको जिम्मा लिइएको छ। 

संघका अध्यक्ष पुस्कर खड्काले तावा खोलाको पानीलाई कृतिम पोखरी बनाएर बोटिङ सुरु गरेपछि मेला आउनेको भीड बढेको बताए। ‘राफ्टिङ स्टार भोटेकोशी र वाइडर पोखराको कम्पनीले त्रिवेणी मेलामा अहिले बोटिङ सञ्चालन गरिरहेका छन्।’ उनले भने, ‘हामीले बोटिङ गर्न हजारौँ तिरेर बाहिर जानु नपर्ने रहेछ।’ वर्षेनी १५ दिनसम्म कमला, तावा र ककरु नदीको संगमस्थल त्रिवेणीघाटमा लाग्ने भएकाले मैनी मेलालाई त्रिवेणी मेलाको रूपमा परिचित छ।

तीन नदीको संगम स्थलमा मकर स्नान गरी भाकल गरे अनुसारको पशुपंक्षी बली दिई पूजा आराधना गर्नाले चिताएको पुग्ने जनविश्वास छ। त्रिवेणीमा मकर नुहाउन छिमेकी देश भारतका विभिन्न प्रदेश बाट मकर नुहाउन आउने गरेको छन्। मेलाको पुरानो आकर्षण रुपमा आउने सोलखुम्वुको भोटे कुकुर, ओखलढुंगाको राढीपाखी हराउँदै गएको छ। आकर्षण हुने गरेको छ। सिन्धुलीको जुनार र स्थानीय उत्पादनको किनबेच छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.