समाज

जंगली हात्ती आक्रमणले आधा दर्जन घरमा क्षति
SHARES

File Photo
माघ ६, २०७५

    भद्रपुर, (झापा) : दुईवटा जंगली हात्तीले झापाको अर्जुनधारामा आइतबार आधा दर्जन घरमा क्षति पुर्‍याएको छ।

    अर्जुनधारा नगरपालिका ८ स्थित हात्तीकिल्ला बस्तीमा निस्किएको जंगली हात्तीले ६ वटा घरमा क्षति पुर्‍याउँदा करिब ३५ हजार मूल्य बराबरको क्षति पुगेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार हात्तीले अर्जुनधारा ८ निवासी चेतनाथ बजगाईंको घरको बाँसको बेरा र रनविर तामाङको किचन घरको बाँसले बारेको बेरा भत्काएको छ।

    त्यस्तै सोही ठाउँका पुर्ण प्रसाद चापगाईंको किचन घरको बाँसले बारेको बेरा र सेवन्त ढकालको घरको झ्यालको सिसा फुटाइ दिएको छ।  राम लुइंटेलको र जमुनादेवि गड्तौलाको किचन घरको बाँसले बारेको बेरा भत्काई दिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए।

    हात्तीले कुनै मानवीय क्षति नगरेको उनको भनाई छ। गाउँमा हात्ती निस्किएपछि वन कर्मचारी, प्रहरी र स्थानीयबासी मिलेर हात्ती धपाएका थिए। यता गाउँमा हात्ती आउन थालेपछि स्थानीय त्रसिद बनेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]