|

स्पेनिस जाइन्ट बार्सिलोनाले लालिगा फुटबलमा आफ्नो अग्रता कायम राखेको छ। घरेलु मैदान नउ क्याम्पमा आइतबार भएको खेलमा लेगानेसलाई ३–१ ले पराजित गर्दे बार्सिलोनाले लिग अंक तालिकामा ४६ अंक बनाएको छ। जुन उसको चिरप्रतिद्वन्द्वि रियल म्याड्रिड भन्दा १० अंक बढी हो। त्यस्तै दोस्रो स्थानको एथलेटिको म्याड्रिडसँग पनि ५ अंकका अंक दुरी कायम राखेको छ।

बार्सिलोनालाई लेगानेसविरुद्ध सहज जित निकाल्नका लागि स्टार खेलाडिहरू ओस्मान डेम्बेले, लुइस स्वारेज र लियोनल मेस्सीले गोल गरे। खेलमा ७१ प्रतिशत पोजेसन राख्दै अधिकाशं समय खेलमा हाबी रहेको बार्सिलोनाका लागि ३२ औं मिनेटमा डेम्बेलेले अग्रता दिलाए। पहिलो हाफमा पछि परेको पाहुना टोलीका लागि मार्टिन ब्राइथवेटले ५७ औं मिनेटमा बराबरी गोल फर्काउँदै बार्सिलोना माथि दबाब बढाए।

तर बार्सिलोनाका उरुग्वे स्टार स्वारेजले ७१ औं मिनेटमा पुनः बार्सिलोनालाई अग्रता दिलाउन सफल भए। दोस्रो हाफमा ६४ औं मिनेटमा कार्लेस एलेनाको स्थानमा मैदान प्रवेश गरेका कप्तान  लियोनेल मेसीले इन्जुरी समयमा गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे।

बार्सिलोनाले जितसंगै अंक तालिकामा ५ अंकको अग्रता बनायो। २० खेलमा १४ जित र ४ बराबरीका साथ बार्सिलोनाको ४६ अंक छ भने दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको ४१ अंक र तेस्रो स्थानको रियल म्याड्रिडको ३६ अंक रहेको छ। सबैले समान २० खेल खेलेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.