|

सल्यान : छत्रेश्वरी गाउँपालिकाले एकैपटक तीन एम्लुलेन्स खरिद गरेको छ। गाउँपालिकामा रहेको तीन बर्थिङ सेन्टरलाई मध्यनजर गरी एकैपटकमा तीन एम्बुलेन्स खरिद गरेको हो।

गाउँ कार्यपालिकाको निर्णय अनुसार एम्बुलेन्स खरिद गरिएको गाउँपालिका अध्यक्ष सन्तोष केसीले बताए। बर्थिङ सेन्टर सञ्चालनमा आएका भोटेचौर, झिम्पे र दमाचौर स्वास्थ्य चौकीमा खरिद गरिएका एम्बुलेन्स प्रदान गरिने केसीले जानकारी दिए।

‘बिरामी र गर्भवतीलाई स्वास्थ्य संस्थासम्म पुग्न सहज होस् भन्ने मान्यताले एम्बुलेन्स खरिद गरेका हौँ', उनले भने, 'जिल्लामै आफ्नै स्रोतबाट एम्बुलेन्स किन्ने हामी मात्रै हो।’ अति गरिब बिरामीहरूलाई एम्बुलेन्स शुल्कमा छुट हुन उनले बताए । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.