|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी कानेपोखरी–६ रमाइलोमा अवस्थित जनसेवा माध्यामिक विद्यालयको ५० औँ वर्षगाँठमा सहभागी हुन मोरङ जाने भएकी छन्।

राष्ट्रपति भण्डारी माघ २५ गते कानेपोखरी जान लागेको विद्यलाययका शिक्षक तथा विद्यालयका भूतपूर्व विद्यार्थी एलुमुनाइका अध्यक्ष राजकुमार बरालले जानकारी दिए।

उनले भने ‘विद्यालयको ५० औं वर्ष गाठको अवसरमा राष्ट्रपति भण्डारी कानेपोखरी आउन लाग्नुभएको हो। उहाँ मध्याह्न १२ बजे कानेपोखरी आइपुग्नु हुनेछ।’ 

सात दिन चल्ने स्वर्ण महोत्सवको माघ १९ गते उद्घाटन हुने बरालले जानकारी दिए। राष्ट्रपति भण्डारी माघ २५ गते समापन समारोहमा उपस्थित हुने कार्यक्रम रहेको छ।  २०२५ सालमा स्थापना भएको विद्यालयले ५० वर्ष पूरा गर्दैछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.