|

इजरायली सेनाले सिरियामा रहेका इरानीविरुद्ध कारवाही थालेको छ। इजरायलको डिफेन्स फोर्स (आईडीएफ) ले आफूहरुले क्वाडस फोर्स, इरानियन रिभोलुसनरी फोर्सको इलाइट युनिटविरुद्ध कारवाही अभियान सुरु गरेको जनाएको छ। 

आइडिएफले अभियानबारे विस्तृत जानकारी भने सार्वजनिक गरेको छैन्। आइडिएफले सिरियाको राजधानी दमासकस आसपासमा लगातार आक्रमणका आवाज सुनिएको जनाएको छ। आइडिएफले हवाई आक्रमण गरेसँगै सिरियाली हवाइ सेनाले पनि जवाफी कारवाही गरेको छ। आईडीएफले आज बिहानै ट्वीट गर्दै आक्रमण अभियान सुरु भएको जानकारी दिएको हो।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स (एसओएचआर) का अनुसार इजरायली रकेटले दमासकस आसपासका क्षेत्रमा आक्रमण जारी राखेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.