|

काठमाडौं : सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित गर्ने तयारी गरेको छ। 

अनशनरत डा. गोविन्द केसीसँग सरकारले गरेको सम्झौताविपरीत संसदीय समितिले पारित गरेको विधेयक सोमबार संसदबाट पारित गर्न लागिएको हो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूको असहमतिका बाबजदुद संसद्को शिक्षा तथा स्वास्थ्य समितिले बहुमतबाट विधेयक पारित गरेको थियो। 

सोमबार मध्याह्न १२ बजे बस्ने प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बैठकमा पेश गर्ने कार्यसूची छ। विधेयकमा डा. केसीका माग सबैजसो समेटिएको दाबी गरे पनि डाक्टर केसी भने सरकारले धोका दिएको भन्दै अहिले १६औँ अनशनमा छन्।

डाक्टर केसीसँगको सम्झौता नसमेटी विधेयक पारित गर्न खोजेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने सोमबा।को संसद बैठक अवरोध गर्ने तयारी गरेको छ। कांग्रेसले गोविन्द केसीसँगको सम्झौता कार्यान्वयनसहित गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेको अस्पताल खारेज गर्न लागेको विषय उठाएर संसद अवरोध गर्न लागेको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.