|

काठमाडौं : नेपाली युवतीलाई भारतीय बाटो हुँदै खाडी देशमा बेचबिखन गरेको अभियोगमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा लोप्साङ लामा छन्। लामालाई नयाँदिल्ली प्रहरीले आइतबार पक्राउ गरेको हो।

दिल्लीको वजिराबाद बस्ने ओखलढुंगाका लामालाई दिल्ली प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो। ८ साउन २०७५ मा उद्दार गरिएका १६ नेपाली युवतीले दिएको बयानका आधारमा लामालाई पहिचान गरेर प्रकाउ गरिएको दिल्ली प्रहरीले जनाएको छ।

यसअघि लामालाई  पक्राउ गर्न सहयोग गर्नेलाई एक लाख भारतीय रुपैयाँ दिने घोषणा दिल्ली प्रहरीले गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.