|

काठमाडौं :  सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरेको सात किसिमको कर्जाअनुसार बैंकहरूले कर्जा दिन सुरु गरेका छन्। सरकारको ५१ प्रतिशत स्वामित्व रहेको कृषि विकास बैंकले वैदेशिक रोजगारीबाट फर्केका युवालाई परियोजना कर्जासहित महिला उद्यमी र कृषि परियोजना कर्जाअन्तर्गत पहिलो चरणमा आठ जनालाई कर्जा दिएको जानकारी गराएको छ।

बैंककाअनुसार पाँच जनालाई महिला उद्यमशीलता कर्जा, दुई जनालाई वैदेशिक रोजगारीबाट फर्किएका युवा परियोजना कर्जा र एक जनालाई व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा दिएको जनाएको छ।

बैंकले पहिलो चरणमा आठ जनालाई ६७ लाख रुपैयाँ सहुलियत कर्जा दिएको छ। जसअन्तर्गत वैदेशिक रोजगारबाट फर्किएका युवा परियोजना कर्जा ल्याउनेमा सुनसरीका युवराज अधिकारी र मकवानपुरका वीरबहादुर तितुङले पाएका छन्। उनीहरूलाई सरकारले घोषण गरेअनुसार दुई प्रतिशत व्याजमा १०/१० लाख रुपैयाँ रकमको स्वीकृति दिइएको हो।

सबैभन्दा बढी महिला उद्यमशीलता कर्जा दिइएको छ। महिला उद्यम काठमाडौं टोखा नगरपालिकामा स्वीकृति फेन्सी पसल संचालनको लागि शिला खड्का कार्की, भेरी नगरपालिकाकी श्रृजना भण्डारी र धनगढी उपमहानगर पालिकाकी पार्वती ओडलाई १०/१० लाख कर्जा स्वीकृति गरिएको छ। महिला उमशीलता कर्जाअन्तर्गत कास्कीकी मिरा पौडेलेलाई  सात लाख र भेरी नगरपालिकाकी सिर्जना भण्डारीलाई पाँच लाख सहुलियत कर्जाको स्वीकृति दिइएको बैंकले जनाएको छ।

व्यावसायिक कृषि तथा पशुपक्षी कर्जाअन्तर्गत बाँकेको खजुरा नगरपालिकाका सर्जन कँडेलले कर्जा पाएका छन्। उनालाई सहुलियत दरमा १० लाख रुपैयाँको कर्जा दिइएको छ।

यता, सरकारले   वैदेशिक रोजगारीबाट फर्किएका युवालाई सहलियत कर्जाको लागि आवेदन दिन आह्वान गरेकोमा २० लाख युवाले आवेदन भरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.