कर्मचारीको निगरानी सचिवले गर्ने, सचिवको मन्त्रीले

|

काठमाडौं : अर्थ मन्त्रालय र मन्त्रालय अन्तर्गतका कर्मचारीले अब कार्यक्षेत्रमा परेको समस्याको विषयमा सामाजिक संजालमा लेख्ने वा संचारमाध्यममा विचार राख्न नपाउने भएका छन्। आचारसंहिताले कानुनी रूप नलिने भए पनि अर्थ मन्त्रालयले जारी गरेको आचारसंहितामा यस्तो व्यवस्था गरिएको छ।

 “अर्थ मन्त्रालयले जारी गरेको आफूलाई परेको पिरमर्का वा गुनासो आमसंचार माध्यम वा सामाजिक सञ्‍जालमा नराखी सम्बन्धित पदाधिकारी वा निकायसमक्ष पद्धतिसंगत तवरबाट प्रस्तुत गर्न सकिन्छ”अर्थ मन्त्रालय र अन्तर्गतका कर्मचारीलाई आचारसंहिता २०७५ मा भनिएको छ “कार्यलय अवधिमा जिम्मेवारीमा रहेका कर्मचारीले मोवाइल वा कम्प्युटर मार्फत सामाजिक सञ्‍जालको प्रयोग गर्न हुँदैन।

आचारसंहितामा सेवाग्राही तथा सम्बन्धित सरोकारवालाहरुलाई कामको सिलसिलामा कार्यस्थलभन्दा बाहिर भेट्न रोक लगाइएको छ ।

यसैगरी कार्यालय, होटल, रेस्टुराँ तथा अन्य सार्वजनिक स्थलमा अस्वाभाविक वा भड्किलो व्यवहार गर्न नहुने पनि आचारसिंहतामा उल्लेख छ। साथै विवाह, ब्रतबन्ध जस्ता सामाजिक काम गर्दा मितव्ययी एवं सभ्य व्यवहार प्रदर्शन गर्नुपर्ने पनि आचारसंहितामा उल्लेख गरिएको छ।

आचारसंहिता पालना भए नभएको हर्नको लागि पनि अधिकारी तोकिएको छ। जसअन्तर्गत सचिवले आचारसंहिता पालना गरे नगरेको मन्त्रीले हर्नेछन्। अन्य कर्मचारीको हकमा सचिव र सचिवले तोकेको व्यक्तिले हेर्नेछ।

यस्तो छ आचारसंहिता

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.