|

कञ्चनपुर ः नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले निर्मला पन्तका हत्यारा जोगाउनका लागि सरकार लागि परेको बताएका छन्। 

सोमबार निर्मलाकी आमालाई भेट्न घरमै पुगेका शर्माले हत्यारालाई जोगाउने षडयन्त्र भइरहेकाले त्यसकाविरुद्ध पूरै देशमा आन्दोलन हुने बताए। 'हत्यारा पत्ता लगाउनका लागि सरकारलाई सहयोग गर्न तयार छौं' उनले भने,‘निर्मलाका हत्यारालाई कठघारामा ल्याउन प्रतिपक्षीले शालिन ढंगले सहयोग गर्छ।’

‘हत्यारालाई उम्काउन प्रमाण नष्ट गरिएका छन्। त्यही बाट पुनः अनुसन्धान थालिनुपर्छ’ उनले भने। निर्मलाकी आमा दुर्गादेवी पन्तले  भनिन् ‘छोरीको हत्या भएको छ महिना विति सकेको छ। हत्यारा पत्ता लगाई दिनु पर्‍याे। सरकारसँग हत्यारा पत्ता लगाउनका लागि न्याय मागेका हौं। अहिलेसम्म पाइएको छैन। हत्यारा पत्ता नलागेपछि निकै चिन्तित छौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.