|

चितवन : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गुणस्तरीय शिक्षाविना मुलुकमा समृद्धि नआउने बताएका छन्। आदिकवि भानुभक्त माध्यमिक विद्यालय नारायणगढको स्वार्णमहोत्सवलाई सोमबार सम्बोधन गर्दै मुख्यमन्त्री पौेलले समृद्धिका लागि गुणस्तरीय शिक्षा आवश्यक रहेको बताएका हुन्। 

अवको शिक्षा आत्मनिर्भरमुखी, उत्पादनमुलक र रोजगारीमूलक हुनुपर्नेमा जोड दिँदै उनले शिक्षा लिइसकेपछि कोही पनि बेरोजगार बस्न नपर्ने गरी व्यवहारिक शिक्षा दिइनुपर्ने बताए। हिजोकै पुरानो किताबी शिक्षा प्रणालीलाई निरन्तरता दिइरहे समृद्धि प्राप्त नहुने भएकाले अव यसलाई परिवर्तन गर्नुपर्छ पौडेलले भने अव आधुनिक, व्यवहारिक, प्राविधिक शिक्षामा जोड दिनुपर्छ। 

मुख्यमन्त्री पौडेलले सामुदायिक विद्यालय र निजी विद्यालयबीचको वर्षौ देखिको खाडल पुर्नुपर्ने बताएका छन्। सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा नहुँदा विद्यार्थीको आकर्षण निजीतर्फ देखिएको भन्दै पौडेलले सरकार,अविभावक, शिक्षक तथा सरोकारवालापक्ष सवैको एकीकृत प्रयासमा मात्रै सामुदायिक विद्यालयको शिक्षा सुधार गर्नसकिने बताए। 

पौडेलले सरकारले सामुदायिक विद्यालय सुधारको नाममा कुनै पनि निजी विद्यालयलाई निरुत्साहित नगरी सामुदायिक विद्यालयलाई सक्रिय बनाउनुपर्ने बताए।मुख्यमन्त्री पौडेलले सामुदायिक विद्यालयको गुणस्तरमा सुधार भए गुणस्तरीय शिक्षाका लागी चर्को शुल्क बुझाउनुपर्ने अभिभावकको बाध्यता स्वत : हट्ने र आर्थिक अवस्था कमजोर भएका दूरदराजका आम नागरिकको पहुँचमा पुग्ने उल्लेख गरे। 

सरकारले नयाँ नीतिका साथ सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा लागेकाले आगामी बजेटमा केन्द्र सरकारले विशेष कार्यक्रम ल्याउने भन्दै पौडेलले प्रदेश ३ का सवै जिल्लाका भौतिक सुधार र शैक्षिक गुणस्तरमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। 

प्रत्येक गाउँपालिकामा, प्रत्येक नगरपालिकामा कम्तिमा एउटा प्राविधिक विद्यालय हुनुपर्ने भनेर सरकारले नै घोषणा गरिसकेकाले अव हरेक विद्यालयले प्रविधिक शिक्षालाई जोड दिनुपर्ने बताए। २०२५ सालमा स्थापन भएको सो विद्यालयमा हाल १६०० विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा अहिले अंग्रेजी र नेपाली दुवै माध्यमबाट पढाई हुने गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.