|

काठमाडौं : पत्रकार रवी लामिछानेले तेस्रो विवाह गरेका छन्। रवीले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग विवाह गरेको सामाजिक संजाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन्।

केहीपहिले मात्रै पहिलो श्रीमतीसँग डिभोर्स गरेका रवीले निकितासँग तेस्रो विवाह गरेका हुन्। रवीले दोस्रो विवाह अमेरिकी महिलासँग गरेका थिए। ती अमेरिकी महिलाबाट एक छोरा पनि छन्। पहिलो श्रीमती इशा लामिछानेबाट दुई छोरी छन्। 

रवीको निकितासँगको विवाह सन्दर्भमा पछिल्लो समयमा सामाजिक सं‌जालमा चर्चा र विवाद हुँदैआएको थियो। 

रवीले निकितासँगको विवाहलाई लिएर जीवनले नयाँ मोड लिएको प्रतिक्रिया दिएका छन्। उनले दुवैका परिवारबीच छलफल भएर नै विवाह गरेको लेखेका छन्। उनले सोमबार लेखेका छन्, 'आज निकिता पौडेलजी र मैले कानुनी रूपमा काठमाडौं जिल्ला आदालतमा विवाह दर्ता गरेका छौँ।' उनले आगामी वैशाखमा परम्परागत रूपमा विवाह गर्ने जानकारी दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.