|

काठमाडौं : प्रहरीले विभिन्न नामका लागुऔषधसहित देशका छुट्टा-छुट्टै ठाउँबाट सात जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं चन्द्रागिरी नगरपालिका २ स्थित नागढुंगा चेकपोष्टबाट पर्सा बीरगंज महानगरपालिका १ का लड्डु शाह र बारा कलैया उपमहानगरपालिका ७ का २४ वर्षीय राजीव क्षेत्री खड्का रहेका छन्।  उनीहरूको साथबाट प्रहरीले लागुऔषध डाइजोपाम २१ एम्पुल, फेनरागन २१ एम्पुल र नुर्फिन २१ एम्पुल बरामद गरेको छ।

त्यस्तै पर्सा बीरगंज महानगरपालिका १५ स्थित बर्मचोकबाट चितवन भरतपुर महानगरपालिका ८ बस्ने २५ वर्षीय जमिन बिक र सोही ठाउँ बस्ने ३० वर्षीय शंकर लामालाई लागुऔषध नुर्फिन १५ एम्पुल, डाइजोपाम १५ एम्पुल र फेनारगन १५ एम्पुलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

यसरी नै कपिलवस्तु कृष्णनगर नगरपालिका २ लिङकगेट चेकपोष्टबाट मकवानपुर हेटौंडा बस्ने २५ वर्षीय विश्व मोक्तान लामा र दोलखा भिमेस्वर नगरपालिका ५ माटी वस्ने ३० वर्षीय दामु भुजेल र सप्तरीको सप्तरी बोदेबर्साइन नगरपालिका ५ स्थित सत्रुधन चोकबाट सिरहा लहान नगरपालिका २३ बस्ने १८ वर्षीय भरत यादवलाई लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ। 

पक्राउ परेका बारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.