|

उदयपुरः सगरमाथा लोक मार्गको गाइघाटबाट साउनेतर्फ गइरहेको ट्याक्टर दुर्घटनामा परी एकको मृत्यु भएको छ। ट्याक्टरलाई मोटरसाइकलले ओभरटेक गर्दा ट्याक्टरमा सवार सप्तरी सप्तकोशी न.पा.१ फत्तेपुर बस्ने अन्दाजी ६० वर्षीय प्रेमकुमार तामाङको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी अर्जुन रानाभाटका अनुसार सोमबार गाइघाटबाट धाप्लाङतर्फ गइरहेको  स १ त ६१५२ न. को ट्याक्टरलाई स ७ प ५१९३ न. को मोटरसाइकले ओभरटेक गर्ने क्रममा दुर्घटना हुँदा तमाङको मृत्यु भएको हो। ‘ट्याक्टरलाई ओभरटेक गर्दा अचानक बीच बाटोमा मोटरसाइकल पल्टिन गई दुर्घटना भएको रहेछ’ उनले भने, ‘ट्याक्टरको टायरले किचेर घट्नास्थमै मृत्यु भयो। चालक मृतकका ४० वर्षीय छाेरा एजेट नासुर (तामाङ)  भने सकुसल रहेका छन्।’

ट्याक्टर घट्नास्थलमा रहेको ट्याक्टर चालक तत्काल फरार रहेको र ट्याक्टर प्रहरी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.