|

इटालियन सिरी ए फुटबलमा युभेन्टसले किएभोलाई पराजित गर्दै लिगमा अपराजित यात्रालाई कायम राखेको छ। फराकिलो अन्तरले जित निकाल्ने क्रममा युभेन्टसले ३–० को सहज जित निकाल्यो।

खेलमा रोनाल्डो पटक–पटक चुके पनि १३ औं मिनेटमा युभेन्टसले डग्लास कोस्टाको गोलमा अग्रता लिएको थियो। पहिलो हाफको अन्तिम मिनेटमा पाउलो डिबालाको पासमा एम्रे च्यानले गोल गर्दै युभेको अग्रता दोब्बर पारे। लिभरपुलबाट युभेन्टस गएयता उनको यो क्लबका लागि पहिलो लिग गोल समेत हो।

दोस्रो हाफमा युभेन्टसले अग्रता बढाउने थुप्रै अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेन। क्रिस्टियानो रोनाल्डोका लागि निकै खराब दिनका रुपमा रहेको खेलमा पेनाल्टीमा समेत गोल गर्न रोनाल्डो चुके। उनको प्रहारलाई गोलरक्षक स्टेफनो सोरेन्टिनोले बचाएका थिए। यसबाहेक खेलमा पनि उनले थुप्रै गोल गर्ने अवसर खेर फाले।

खेलको ८२ औं मिनेटमा युभेन्टसले जित सुनिश्चित गर्‍यो। फेडेरिको बर्नार्डेसकीको फ्रिकिकमा ड्यानिएले रुगानीले गोल गर्दै ३–० को अग्रता दिलाए। जुन निर्णायक रह्यो। युभेन्टसले शीर्ष स्थानमा ९ अंकको अग्रता कायम गरेको छ। २० खेलमा युभेले १८ जित र २ बराबरीसँगै ५६ अंक जोडेको छ। दोस्रो स्थानको नापोलीको २० खेलमा ४७ अंक रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.