|
फाइल फोटो

काठमाडौं : एकदिवसीय र टि ट्वेन्टी क्रिकेट श्रृंखला खेल्न नेपाली राष्ट्रिय टोली आज यूएई जाँदैछ। पारस खड्काको कप्तानीमा रहेको टोली मंगलबार दिउँसो साढे चार बजे फ्लाई दुबईबाट त्यसतर्फ जानेछ। 

चार वर्षका लागि एकदिवसीय मान्यता पाएको नेपाल दोस्रो एकदिवसीय श्रृंखला खेल्न यूएई जान लागेको हो। यूएईसँग नेपालले ३ वटा एक दिवसीय र ३ वटा टी–२० क्रिकेट श्रृंखला खेल्ने छ।

माघ ११, १२ र १४ गते एकदिवसीय र माघ १७, १८ र २० गते टि ट्वेन्टी श्रृंखला हुनेछ। यसपटक राष्ट्रिय टोलीमा चार खेलाडीले पहिलो पटक स्थान बनाएका छन् भने अलराउण्डर शरद भेषावकर अस्वस्थताका कारण टिममा छैनन्।

बंगलादेश प्रिमियर लिग बीपीएल खेलिरहेका सन्दीप लामिछाने प्रतियोगिताका लागि सोमबार नै काठमाडौं आइसकेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.