|

बैतडी : ठूलो मात्रामा हिमपातका कारण दशरथ चन्द राजमार्ग अवरुद्ध भएको छ। मंगलबार बिहानदेखिको हिमपातले  राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

 हिमपातका कारण अनारखोली, खोडपे, सतबाँझलगायत उच्च पहाडी क्षेत्रकासाथै खोडपे बझाङ जयपृथ्वी राजमार्ग क्षेत्रको जनजीवन पनि प्रभावित भएको छ। यस्तै दार्चुलाको दार्चुलाका उत्तरी क्षेत्रमा अपी, राप्ला, घुसा, खण्डेश्वरी, छिङरु, व्यास, तिङ्कर लगायतका ठाउँमा हिमपात भएको छ।  

डडेल्धुराको भीमदत्त राजमार्गको सााहुखर्क र हगुल्टे लगायतका स्थानमा पनि हिमपात भएको छ। हिमपातले हिउँदेबाली सप्रिने भन्दै किसानहरू खुशी भएका हुन्। हिमपातले गहुँ लगायतका हिउँदेबाली हुर्किन सहयोग गर्ने कृषि ज्ञानकेन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए।

हिमपातका कारण चिसो बढेकाले यो समयमा बालबालिका तथा वृद्धवृद्धाहरूको विशेष ख्याल गर्नुपर्ने स्वास्थ्यकर्मीहरूले बताएका छन्। यो समयमा बालबालिकाहरुमा निमोनिया र वृद्धवृद्धाहरूमा दम, श्वासप्रश्वाससम्बन्धी समस्या देखिनसक्ने भएकाले तातो तथा झोलिलो खानेकुरा खानुपर्ने स्वास्थ्यकर्मीले बताएका छन्। 

यसअघि गत पुसको अन्तिम साता र  मंसिर अन्तिम साता पनि सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको थियो।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.