|

कालासागरमा दुईवटा मालबाहक पानी जहाजमा आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ। तान्जिनियाको झण्डा रहेका दुईवटा पानी जहाजमा आगलागी भएको सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

क्रिमियाको केर्च नजिकै पुगेका बेला पानी जहाजमा आगो लागेको थियो। रुसका उद्धारकर्मीले अहिलेसम्म १४ जनालाई सकुशल उद्धार गरेका छन्। रुसका उद्धारकर्मी घटनास्थलमा पुग्ने र फसेकाहरूलाई उद्धार गर्ने प्रयासमा रहेका बीबीसीले जनाएको छ।

एउटा पानी जहाजमा ग्यासको ट्यांकर रहेको र आगो लागेपछि विस्फोट भएको जनाइएको छ। विस्फोटका कारण अर्को पानी जहाजमा पनि आगलागी भएको हो। दुई पानी जहाजमा टर्की र भारतका गरी चालक दलका १७ सदस्य  र १४ जलसैनिक पनि थिए।

आगलागी भएपछि पानी जहाजका चालक दलका सदस्यहरू समुद्रमा हामफालेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.