|

पर्वत : गण्डकी प्रदेश सरकारले घोषणा गरेको गण्डकी प्रदेश आन्तरिक पर्यटन वर्ष २०१९ को लागि लोगो र नारा निर्माणको लागि प्रतिस्पर्धा आह्वान गरेको छ। 

सन् २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य अनुसार लोगो र नाराको लागि प्रतिस्पर्धा गराउन लागिएको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले जानकारी दिए। उनका अनुसार प्रतिस्पर्धामा संस्था वा व्यक्तिले पनि प्रतिस्पर्धा गर्न सक्नेछन्। 

प्रतिस्पर्धामा सहभागी बन्नेहरुले तयार पारेको लोगो र नारा अबको १५ दिनभित्रमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको ठेगनामा पठाउनुपर्ने छ। यस्तै ईमेल मार्फत मेल गर्न सकिनेछ।

 लोागो र नारा प्रतियोगितामा उत्कृष्ट छनोट हुने एक जना प्रतियोगीलाई पुरस्कार स्वरुप ५० हजार रुपैयाँ प्रदान गरिने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.