|

काठमाडौं : विभिन्न विश्वविद्यालयका नक्कली प्रमाणपत्रदेखि सवारी अनुमति पत्र, नागरिकतासमेत नक्कली बनाउने एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रे घर भई हाल काठमाडौं तारकेश्वर बस्ने विपुन श्रेष्ठ हरेका छन्।

उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले मनमैजुमा रहेको उग्रचण्डी साइबरबाट सोमबार साँझ पक्राउ गरेको हो। श्रेष्ठले साइबर खोलेर नक्कली कागजात बनाउने गरेको पाइएको प्रहरीको भनाइ छ।

प्रहरीले साइबरबाट नक्कली सर्टिफिकेट, नक्कली डकुमेन्ट बनाउन प्रयोग हुने ल्यापटप, फोटोकपी प्रिन्टर, पेनड्राइभसमेत बरामद गरेको परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।

उनीमाथि किर्ते अभियोगमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.