|

काठमाडौं : ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न सडक छेउमा जथाभावी सवारी साधन पार्किङ गर्नेमाथि कडा कारबाही अभियान संचालन गरेको छ। सडक छेउमा जथाभावी सवारी साधान पार्किङ गर्दा ट्राफिक जामदेखि दुर्घटना समेत बढ्ने भन्दै सडक छेउमा जथाभावी सावरी साधन पार्किङ गर्ने सवारी धनीलाई कारबाही अभियान तीब्र पारेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।

यसरी सडक छेउमा सवारी साधन पार्किङ गर्ने सवारीधनी दैनिक सय जना भन्दा बढी कारबाहीमा पर्ने गरेको महाखाका प्रमुख एसएपी वशन्त पन्तको भनाइ छ। सडक छेउमा पार्किङ गरेका सावारीधानलाई ट्राफिक प्रहरीले सिसिक्यामेराको माध्यमबाट हेरेर कारबाही गर्ने गरेको ट्राफिक प्रहरीको भनाइ छ।

सिसिक्यामेराले हेरेर जथाभाबी पार्किङ गरेका गाडीहरुमा ट्राफिक प्रहरीले चाबी नै लगाउने गरेको छ। 

उपत्यकाको ट्राफिक अवस्था र सुरक्षाबारे विभिन्न सडकमा जडान गरिएका सिसिक्यामेरालाई ट्राफिक प्रहरीले महानगरीय प्रहरी कार्यालय रानिपोखरी बाट हेर्ने गरेको प्रहरीले जनाएको छ।

जथाभावी सवारी पार्किङ गर्नेलाई ५०० रुपैंयाँ देखि एक हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.