|

जाजरकोट : सभ्य, समुन्तन र समृद्ध समाज निर्माण गर्नका लागि जिल्लाको नलगाड नगरपालिकाले नमुना बस्ती अभियान सञ्चालनमा ल्याएको छ। 

खानेपानी, विद्युत, खोपयूक्त, सरसफाइ,  सञ्चार सेवा लगायतका विविध कुराको सहज पहुँच बिस्तार गर्नका लागि नमुना बस्ती अभियान सञ्चालन गरिएको प्रशासकीय प्रमुख सुरेन्द्र सिंहले जानकारी दिए। जिल्लाको दोस्रो सुविधा भएको स्थानीय सरकार मध्य रहेको नलगाड नगरपालिकाले १३ वटा नमुना गाउँ छनोट गरी पहिलो चरणमा बिशेष अभियान सञ्चालन गर्न लागेको हो। 

नमुना गाउँ छनोटका लागि अहिले वडा स्तरमा छलफल गरी छनोट भइसकेको छ। प्रत्यक वडामा सरसफाइ समिति गठन गरी नमुना गाउँलाइ तीव्र रुपमा बिकास गरिन लागिएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए। उनले भने, 'जल, जमिन र जंगलको संरक्षण गरी हामीले भावी पुस्ताको नासाेको रुपमा पहिलो योजना बनाइ काम सुरु गरेका छौं। दोस्रो हाम्रा बाँनी, व्यावहार परिर्वतन सहितको योजना कार्यान्वयन गरिँदै अगाडि बढाएको छ।' उनले वर्षायाममा बाढी, पहिरोको प्रकृतिक प्रकोपका कारण नलगाडले भारी मात्रामा क्षति पुगेर सास्ती भोगेको नगरपालिका स्थानीयबासी, बल्ल अहिले लयमा आउन थाले बताए। रावलले भने, 'सवै वडामा जोखिम न्यूनीकरणका लागि तालिम र नमुना गाउँ निर्माणका लागि विशेष योजनासँग सँगै लिएर जनता जागरणको अभियान चलिरहेको छ।' 

डोल्पा जिल्लाको त्रिवेणीसँग जोडिएको नलगाड नगरपालिका पूर्वी क्षेत्रको स्थापित नाकाको रुपमा रहेको छ। जाजरकोटबाट पूर्वी क्षेत्रबाट जुम्ला जाने मुल बाटो पनि यही नगरपालिकाबाट भएर जानुपर्ने भएकाले अझ यो नगरपालिकाले धेरै कुरा गर्न बाँकी रहेको स्थानीय सरोकारवालाले बताए।  ४१० मेघावाटको नलगाड जलविद्युत आयोजना समेत यहि नगरपालिकामा निर्माण हुँदै भने अर्को ४ मेघावाटको ताँसुगाड जलविद्युत आयोजनाको डिपिआरको काम जारी रहेको छ। 

नमुना विद्यालय अभियान सञ्चालन गरेको एक वर्ष बितिसकेको छ। नमुना विद्यालयमा विद्युतिकरण, इन्टरनेटको पहुँच, प्राथमिक उपचार बाकस, प्रतिविद्यालयको एक शिक्षकलाई प्राथमिक उपचार गर्ने विधीबारे तालिम समेत दिइसकेको नगरपालिकाले बताएको छ। नमुना गाउँलाई सफल पार्नका लागि नमुना विद्यालय पहिलो अभियान र सर्त भएकाले त्यो चरण पार गरेको नगरपालिकाले बताएको छ।

पैसाको खोलो मात्र बगाउने होइन, त्यसको उचित प्रतिफल  निकाल्ने हो, जनताको दुख पसिनाबाट आएको पैसालाइ जनताकै काममा लगाएर बिकास गर्ने नगरप्रमुख रावलले बताए। नगरपालिकाको रग्दालाइ लसुनको पकेट क्षेत्र, डाडागाउँको पाली, कल्पतलाइ महको नमुना गाउँ, लहँ डाडागाउँ सुन्तलाको जोन बनाएर अभियान थोलिएको छ। 

सडक सवै वडामा सडक पहुँच विस्तार गर्ने काम भइरहेको भन्दै नगरप्रमुख रावलले भने, 'वर्षायाममा निर्माण गरिएका सडक नभत्किएका भए। अहिले नयाँ ट्रयाक औपन गरी सवै ठाउँमा सडक बिस्तार भइ दुर्गम गाउँमा सहज रुपमा यातायात सेवा सुचारु हुँने थियो। जाजरकोट-डोल्पा सडक पनि यही नगरपालिकाभित्र नै पर्ने भएकाले हामीलाई सडक निर्माणका लागि थप सजिलो भएको छ।' 

सरसफाइ र स्वास्थ्य  क्षेत्रलाइ भरपर्दो बनाउनका लागि महिला स्वंयमसेविकालाइ प्रोत्साहन भत्ता, गर्भवतिलाई समय समयमा उपचार तथा जाँच सेवा, गाउँ गाउँमा स्वास्थ्य संस्थाको स्तरउन्नति, काम समेत भइरहेको नगरपालिकाले जनाएको छ। अहिले नलगाड नगरपालिकाका सवै स्वास्थ्य संस्था र वडा, विद्यालयमा इन्टरनेट सेवा विस्तार कार्य सम्पन्न भइसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.