|

बैतडी : साेमबार रातिदेखि बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा भएको हिमपातका कारण यहाँका राजमार्ग अबरुद्ध भएका छन्।

बैतडीको खोडपे, अनारखोली लगायतका क्षेत्रमा बाक्लो हिमपात भएकोले राजमार्ग अवरुद्ध भएको हो। यस्तै बझांगको बित्थड र बैतडीको मोतीनगर ढोल्यामोड लगायतका क्षेत्रमा पनि बाक्लो हिउ परेकाले जयपृथ्वी राजमार्ग अवरुद्ध भएको  जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख गिन्द्र बोगटीले जानकारी दिए। यस्तै डडेल्धुराको भालुमारे, हगुल्टे, साहुखर्क लगायतका क्षेत्रमा पनि बाक्लो हिउ जमेको छ।

बाक्लो हिउ जमेका कारण भिमदत्त राजमार्गमा पनि सवारी आवागमन बन्द भएको प्रहरीले जनाएको छ। अवरुद्ध राजमार्ग खुलाउन डिभिजन सडक कार्यलल पाटनवाट डोजर पठाइएको छ। राजमार्ग अवरुद्ध हुँदा सवारी साधन रोकिएका छन् भने यात्रु अलपत्र परेका छन्। मौसममा आएको परिवर्तनका कारण बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लाहरूमा हिमपात भएको हो।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.