|
File Photo

काठमाडौं : नेपाली सेनाको पूर्वजर्नेल हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं भाटभटेनी-४ का मदनजंग शाह रहेका छन्। उनलाई महानगरीय प्रहरी वृत्त बानेश्वरले पुरानो बानेश्वरबाट मंगलबार पक्राउ गरेको हो।

बानेश्वर प्रहरी वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) गोविन्दराज काफ्लेका अनुसार उनले नेपाली सेनाका पूर्वजर्नेल आदित्यबहादुर शाह हुँ भन्दै परिचय दिएर विभिन्न व्यक्तिलाई ठगी गरेको उजुरीको आधारमा पक्राउ गरिएको बताए। उनी नेपाली सेनाका पूर्वजर्नेल हुनकी होइनन् भनेर सेनासँग समेत बुझिरहेको बताए।

यस्तो छ मदनजंग शाहको ठगी धन्दा

नरिब ६६ वर्ष पूरा भएका मदनजंग शाह हेर्दा पूर्व अफिसर जस्तै देखिन्छन्। गोरो चेहार हसिलो अनुहार बोल्न सक्ने कला उस्तै छ, उनको ठगी धन्दाको प्रमुख हतियार।

उनले विभिन्न व्यक्तिलाई आफू नेपाली सेनाको पूर्वजर्नेल आदित्यबहादुर शाह हुँ भनेर परिचय दिएका थिए। त्यसैको आधारमा आफ्नो धेरै ठाँउमा सम्बन्ध रहेको र भनसुन लगाएर काम लिन सकिने भन्दै विभिन्न व्यक्तिलाई फकाउने गरेका थिए।

त्यसको लागि काम लिन चाहाने व्यक्तिबाट पहिला केही रकमसमेत उठाउने गरेको प्रहरीको भनाइ छ। यसरी नै शिक्षण अस्पताल महाराजगंजमा एमबिबिएस पढन् आरक्षण कोटामा नाम निकालिदिने भन्दै पराग कार्कीबाट तीनलाख ४५ हजार रुपैयाँ लिएको खुलेको प्रहरीको भनाइ छ।

त्यस्तै अन्य जग्गा कारोबारीलाई समेत ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ। एक जना जग्गा कारोबारीका अनुसार उनी सेनाका विभिन्न बाहिनी तथा गणमा जाने र त्यहाँका बहालबाला सैनिक अधिकारीले समेत सलाम ठोक्ने गरेको बताए। प्रहरीका अनुसार शाहले विभिन्न व्यक्तिबाट लाखौं ठगी गरेको हुन सक्ने अनुमान गरेको छ। शाहीका बारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.