|

हेटौंडा : विवेकशील साझा पार्टीकी तत्कालीन केन्द्रीय सदस्य तथा विवेकशील पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टीमा एकलौटीतन्त्र मौलाएकाले विभाजन भएको बताएकी छन्।

हेटौंडामा मंगलबार भएको अन्तरक्रियामा बोल्दै दर्शनाले रविन्द्र मिश्रकै कारण समस्या भएकाले पार्टीबाट अलग भई नयाँ दल गठन गर्नु परेको स्पष्ट पारिन्। उनले भनिन्, ‘रविन्द्र जिहरूले समस्यालाई कहिल्यै पनि समस्या नै देख्नु भएन। उहाँहरूले पार्टीमा एकलौटी निर्णय गर्नुभयो। यो हाम्रो पार्टीको आचरण तथा सिद्धान्तविरुद्धममा थियो। त्यसैको परिणाम हामी अलग भयौ।’

पार्टीको एक संयोजकले दिएको प्रतिवेदनको कुनै छलफल नभएको र उक्त प्रतिवेदनमाथि छलफलनै नगरी मिश्रले एकलौटी रुपमा केन्द्रीय सदस्य थप्ने, विभाग खारेज गर्ने जस्तो क्रियाकलाप गरेको समेत उनले बताइन्। पार्टी फुटनु दुखद भएको भए पनि आफूहरूले जनतालाई दिएको प्रतिवद्धता र उनीहरूको आशालाई साकार गर्नको लागि सदैव लागि पर्ने प्रतिवद्धता जनाइन्। 

नेपालको बैकल्पिक शक्तिलाई आफूहरूले नेतृत्व प्रदान गर्ने भन्दै दर्शनाले पार्टीको सिद्धान्तअनुसार राजनीतिलाई शुद्धीकरण गर्ने अभियानमा आफूहरू सदैब लागिपर्ने उनको भनाई थियो। रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टी आफूहरूको प्रतिस्पर्धी पार्टी नभएको समेत उनको दाबी थियो। कार्यक्रममा बोल्दै विवेकशील नेपाली दलका नेता गोविन्द नारायणले पार्टी फुट्नुमा रविन्द्र मिश्रको एकलौटी निर्णय, विभागको एक्कासी भंग, भातृ संगठन बनाउने निर्णय लगायतको विषय रहेको बताए।

आफूहरू ठूलो भवनबाट चौरमा आएर पनि आफूहरूको मान्यता स्थापित गर्न सक्छौ भन्ने मान्यता राख्ने शक्ति भएको उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.