|

धनगढी : कैलालीको अत्तरियाका २० वर्षीय अरुण भट्टको हत्या गरी फरार रहेका थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

गोदावरी नगरपालिका २ बस्ने १९ वर्षीय राजु कडायतलाई धनगढीबाट प्रहरी टोलीले पक्राउ गरेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले जानकारी दिए। यसअघि युवक हत्यामा संलग्न प्रहरीले ५ जनलाई पक्राउ गरिसकेको छ।

गत शनिबार साँझ अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सव सकिए लगत्तै भट्टलाई आक्रमण गरि हत्या गरिएको थियो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.