|
File Photo

जनकपुरधाम : सिरहामा जंगली फल खाँदा १५ बालबालिकासहित १७ जना बिरामी परेका छन्। बाख्रा चराउन गएको बेला बघण्डी नामक फल खाँदा उनीहरू बिरामी भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। उनीहरूमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

जंगली फल खाएर बिरामी हुनेहरूमा खुवानान्कारकट्टी गाउँपालिका वडा नं. १ मौवाहीकी ३५ वर्षीय शिव कुमारी सदाय, उनकी ५ वर्षीया छोरी सम्झना सदाय, ३० वर्षीय नयन कुमारी सदाय, उनका ३ वर्षीय छोरा अविन सदाय, देबनारायण सदायका ४ वर्षीय छोरा अमित कुमार सदाय रहेका छन्।

यस्तै संजय सदायका २ वर्षीय छोरा संजित सदाय, ४ वर्षीया चन्द्रिका सदाय, ठगदेब सदायका ७ वर्षीय छोरा अशोक सदाय, सगुनिया सदायका ७ वर्षीय करण सदाय, अगुन सदायकी ५ वर्षीया छोरी कल्पना सदाय, ६ वर्षीय छोरा रविन सदाय, लक्ष्मण सदायकी ७ वर्षीया छोरी पविता सदाय, देविन्द्र सदायका ८ वर्षीय छोरा जीवन सदाय, ९ वर्षीय सन्तोष सदाय, ५ वर्षीया छोरी सजन कुमारी सदाय, छोटका सदायका १० वर्षीय छोरा शनिचर सदाय र लक्ष्मण सदायकी ४ वर्षीया छोरी सञ्जना सदाय बिरामी परेका छन्।

बिरामी सबैलाई लहानस्थित राउ स्मारक अस्पताल, सिरहा अस्पताल र कामना नर्सिङहोम लहानमा भर्ना गरिएको प्रहरी चौकी सीतापुरले जनाएको छ। बिरामीमध्ये सञ्जना सदायको अवस्था चिन्ताजक रहेकाले थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.