|

धनगढी : धनगढी प्रिमियर लिग (डिपिएल)को तेस्रो संकरण नजिकिएसँगै प्रतियोगिता तयारी अन्तिम चरणमा पुगेको आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ।

माघ २६ बाट फागुन ११ सम्म आयोजना हुने प्रतियोगिताको ८० प्रतिशत काम सम्पन्न भएको धनगढी क्रिकेट एकेडेमिका अध्यक्ष सुभाष शाहीले बताए। ‘अक्सन सकियो, मैदानमा ५ वटा पीच बनिसकेका छन्, त्यो बाहेक पनि अन्य धेरै काम सम्पन्न भइसकेका छन्’ अध्यक्ष शाहीले भने, ‘बाँकि रहेका कामहरू अन्तिम चरणमा छन्।’

प्रतियोगिता आयोजना हुने फाप्ला क्रिकेट मैदानमा अहिले अन्तिम व्यवस्थापनको तयारी भइरहेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को मापदण्डअनुसार अन्तर्राष्ट्रियस्तरको मैदान निर्माण गर्ने काम भइरहेको छ। ‘१९५ फिट लम्बाई बाउन्ड्री लाइन रहने गरी मैदान बन्दैछ। यहाँ पाँच वटा पिच भएका छन्’ धनगढी क्रिकेट एकेडेमिका व्यवस्थापक भरत जोशीले बताए।

विगतमा दुईवटा पिचमा प्रतियोगिता आयोजना गरिए पनि पहिलोपटक ५ पिच तयार गरिएको छ। पीच ७८ फिट लम्बाइ र १० फिट चौडाइ रहेको छ।

५ हजारभन्दा बढी दर्शक अटाउँने गरी अस्थायी प्याराफिटसमेत निमार्ण गरिने आयोजक धनगढी क्रिकेट एकेडेमिले जनाएको छ। ‘प्रतियोगिता सुरु हुनभन्दा दुई दिन पहिले अस्थायी प्यारिफट निमार्ण सम्पन्न हुन्छ’ अध्यक्ष शाहीले बताए।

विगतका दुई संकरण धनगढीको संघीय प्रहरी कार्यालयको खेल मैदान आयोजना गरिएको थियो। पहिलोपटक फाप्ला क्रिकेट मैदानमा प्रतियोगिता आयोजना गर्न लागिएको हो। अध्यक्ष शाहीले भने, ‘फाप्लालाई अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउन प्रतियोगिता यहाँ आयोजक गरिएको हो।’

प्रतियोगिता आउँन दुई साता बाँकी रहँदा पनि पुरस्कार राशी भने घोषणा गरिएको छैन। गत वर्ष विजेताले २५ लाख, उपविजेताले १० रकम हात पारेका थिए। तेस्रो र चौँथो हुनेलाई पनि पुरस्कारको व्यवस्था गरिएको थियो। एक वर्षको पुरस्कार राशी भने एक साता पनि सार्वजनिक गरिने अध्यक्ष शाहीले बताए।

तेस्रो संकरणमा १० लाखभन्दा बढी रकम खर्च गरेर ५ हजारभन्दा बढी दर्शक अटाउने गरी अस्थायी प्याराफिट निमार्ण हुने भएको छ। दर्शकलाई सहज होस् भनेर यात्रुबहाक बस र अटो रिक्साको सुविधा पनि उपलब्ध गराइने आयोजकले जनाएको छ।  दोस्रो संकरणमा तीन करोड बढी लगानी लागेको प्रतियोगितामा यस वर्ष ५ करोड बढी लगानी लाग्ने अनुमान गरिएको छ।

माघ २६ बाट सुरु हुने तेस्रो संस्करणमा धनगढी स्टास, सिवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड, रुपेन्देही च्यालेन्जर्स, विराटनगर किंग्स र काठमाडौं गोल्डन्स गरी ६ टोलीको सहभागिता रहेको छ। प्रत्येक टिम २ जना विदेशी खेलाडीसहित प्रतियोगितामा सहभागि हुने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.