|

बाँके : अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगन्जको टोलीले घुस रकमसहित एकजनालाई नियन्त्रणमा लिएको छ। अख्तियारको टोलीले मंगलबार दिउँसो जिल्ला भूमिसुधार तथा मालपोत कार्यालयमा छापा मारेर कार्यालयका खरिदार संजयकुमार ठाकुरलाई रंगेहात नियन्त्रणमा लिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगन्जका कार्यालय प्रमुख गणेश गैरेले दिएको जानकारी अनुसार, ठाकुरले जग्गा रजिष्ट्रेशन पास र रजिष्ट्रेशन पास गर्दा लाग्ने राजश्व मिलाई दिने आश्वासन दिएर सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस मागेको अख्तियारले जनाएको छ। ‘सेवाग्राहीबाट लिएको ५० हजार रुपैयाँसहित ठाकुरलाई नियन्त्रणमा लिएको छ,’ अख्तियार सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गैरेद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

घुस रकमसहित बेलुकी ४ बजे नियन्त्रणमा लिइएका ठाकुरलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.