|

काठमाडौं : चिकित्सकहरूको टोलीले काठमाडौंको चाबहिलमा किरिया बसेका परिवारहरूको स्वास्थ्यमा देखिएको स्वाइनफ्लूको नमुना संकलन गर्नुका साथै स्वास्थ्य चेकजाँच गरेको छ।

काठमाडौं धोवीखोला घर भएका ५० वर्षीय एकजना व्यक्तिको ‘एन्फुलुएञ्जा– ए’का कारण सोमबार मृत्यु भएपछि घरपरिवारका आफन्तले किरिया बसेकै स्थानमा आएर उपचार र नमुना संकलन गर्न आग्रह गरेका थिए।

स्वाईनफ्लुले मृत्यु भएका व्यक्तिका आफन्तहरू चावहिलमा काजकिरियामा बसेका छन्। विभागको चिकित्सकहरूको टोलीको नेतृत्व गरेर गएका डा. प्रकाश शाहले एकजना बच्चासहित छ जनाको नमुना संकलन गरेका हुन्। ‘घाँटीका साथै विभिन्न परीक्षणहरू गरेका छौँ’, उनले भने, ‘अरु नमुना पनि संकलन गरिएको छ। अहिले नै त्यस्तो डराइ हाल्नुपर्ने अवस्था छैन। तर, सर्तक रहनुपर्छ।’

डा. शाहले भने, ‘कसैलाई रुघा खोकी र ज्वरो आएको छ भने भने ढिला नगरेर नजिकको अस्पताल वा स्वास्थ्य चौकीमा पुगेर चेकजाँच गराउनु पर्छ। हेलचेक्राइ गर्नु हुँदैन।’ हिमाल अस्पतालमा उपचार गराउने क्रममा ती ५० वर्षीय व्यक्तिको मृत्यु ‘एन्फुलुएञ्जा– ए’बाट मृत्यु भएको रिपोर्ट आएपछि परिवारजनले सर्तकता अपनाएका हुन्।

सो विषयमा जानकारी पाएपछि उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले चिकित्सकहरूको टोलीलाई निर्देशन दिएर उपचारमा कुनै कसर बाँकी नराख्न भनेका थिए। स्वास्थ्यमन्त्री यादवको निर्देशनलगतै चिकित्सकको टोली मंगलबार साँझ किरिया बसेको ठाउँमा पुगेर स्वास्थ्य परीक्षण एवं नमुना संकलन गरेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.