|

बाँके : नेपाली चलचित्रका नायक भुवन केसीले आफूले निर्माण गरेको पछिल्लो चलचित्र ‘क्याप्टेन’ ले समग्र खेल क्षेत्रको विकासलाई समेटेको बताएका छन्। आगामी फागुन १७ गतेदेखि देश र देश बाहिर रिलिजको तयारीमा रहेको सो चलचित्रबारे जानकारी दिन नेपालगन्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नायक तथा निर्माता केसीले चलचित्र ‘क्याप्टेन’ फुटवलको विषयकेन्द्रित रहेको जानकारी दिए।

नेपाली खेलकुदको विकास तथा त्यसभित्र रहेका राम्रा र नराम्रा पक्षको उजागर गर्न र गाउँबाट फुटबल खेल्न सुरु गरेर साफ गेमसम्म पुगेर आफ्नो देशको लागि पदक जित्न सकियो भन्ने विषयलाई चलचित्रमा समेट्न खोजिएको उनले बताए। छोरा अनमोल केसीको मुख्य भूमिका रहेको सो चलचित्र नेपाली फुटबलको विषयमा बनेको पहिलो फिल्म भएको उनले दाबी गरे। ‘हाम्राबीचमा भएका विभिन्न थिति–बेथितिलाई अलगै राखेर देशको प्रतिनिधित्व गरेर खेल्न जाने खेलाडीको मनोबल बढाउन सबैले आ-आफ्नो क्षेत्रबाट पहल गर्न जरुरी छ,’ पत्रकार सम्मेलनमा उनले भने। 

केसीले चलचित्र क्याप्टेन उच्च प्रविधिबाट निर्माण भएको बताए। करिव साढे दूई करोडको लागतमा निर्माण भएको चलचित्रलाई नयाँ र पुराना कलाकारको संगमको रुपमा तयार पारिएको जानकारी दिए। चलचित्रमा सरोज खनाल, सुनिल थापा जस्ता अग्रज कलाकारले अभिनय गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.