|

सिन्धुपाल्चोक : सिन्धुपाल्चोक चौतारा साँगाचोकगडी नगरपालिका ५ स्थित चौतारा बहुमुखी क्यापसमा स्नातकोत्तर तहको अध्यापन हुने भएको छ। 
त्रिभुवन बिश्व बिद्यालयबाट क्यापसमा एमएड कक्षा सञ्चालनको अनुमति पाएको हो।

एम एडतर्फ अंग्रेजी र नेपाली विषयमा अध्यापन गराउँने अनुमति पाएको हो। कक्षा सञ्चालनको अनुमति पाएसँगै यस अर्थिक वर्षका लागि सेमेस्टर प्रणलीमा आधारित कक्षाको लागि भर्ना खुलेको चौतारा बहुमुखी क्याम्पसका प्रमुख नगेन्द्रप्रसाद दंगालले जनकारी दिए। अध्ययन गर्नको लागि विद्यार्थीलाई २०७५ माघ १० गतेसम्म फारम भर्न सक्ने प्रमुख दंगालले जनाए। माघको १९ गत प्रवेश परीक्षा र फागुनको पहिलो साताबाट कक्षा सञ्चालन हुने जनाइएको छ। 

सिन्धुपाल्चोकमा पहिलोपटक स्नातकोत्तर तहको कक्षा सञ्चालन हुने भएको हो। जिल्लामै स्नातकोत्तर पढाई हुने भएपछि जिल्लावासी हर्सित भएका छन्। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.