|

काठमाडौं : द एक्सेल्सियर स्कुलको आयोजनामा सातौं एक्सेल्सियर कप बुधबारदेखि सुरु हुँदैछ।

एक्सेल्सियर कपमा फुटसल र बास्केटबलमा प्रतिस्पर्धा हुने एक्सेल्सियरका भाइस प्रिन्सिपल प्रशान्त रजकले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।

फुटसलमा यु–१२ र यु–१६ उमेरसमूहमा प्रतिस्पर्धा हुनेछ। फाइभ ए साइडको स्वरुपमा हुने दुवै उमेरसमूहको फुटसलमा समान १६–१६ टिमको सहभागिता रहने छ। यु–१२ मा राजश्री गुरुकुल र यु–१६ मा माउन्ट ग्लोरी डिफेन्डिङ च्याम्पियन हुन्।

बास्केटबलतर्फ सिनियर ब्वाइजमा १२, जुनियर ब्वाइजमा १३ र गल्र्समा १२ टिमको सहभागिता निश्चित भएको आयोजकले जानकारी गरायो । सिनियर ब्वाइजमा विल्सन एकेडेमी, जुनियर ब्वाइजमा सेब र गल्र्समा स्किब्स साविक विजेता हुन्। फुटसल र बास्केटबल दुवै लिग कम नकआउट आधारमा खेलाइने छ।

आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ८ लाख रुपैयाँ खर्च हुनेछ। माघ १७ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू स्वयम्भूस्थित आयोजककै हातामा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.