|

काठमाडौं : नेपाल वायु सेवा निगमले खरिद गरेका दुईवटा वाइडबडी विमानका विषयमा छानबिन गर्न सरकारद्वारा गठित आयोग बेखबर बनेको छ। आयोग बनाएको दुई साता बित्दा पनि काम थाल्नु त परैको कुरा, आयोगमा रहेका सदस्यलाई औपचारिक जानकारी समेत दिइएको छैन।

संसदको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले वाइडबडी खरिदमा चार अर्ब ३५ करोड रुपैयाँ अनियमितता भएको प्रतिवेदन सार्वजनिक गरेको थियो। प्रतिवेदन अपूर्ण रहेको भन्दै पुस १९ गते सरकारले तीन सदस्यीय आयोग गठन गरेको थियो। पूर्वमुख्यन्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा पूर्वमहान्यायाधिवक्ता नरेन्द्रप्रसाद पाठक र चार्टर्ड एकाउन्टेन मदन शर्मासहितको तीन सदस्यीय आयोग गठन गरे पनि जिम्मेवारी भने नदिइएको समाचार नागरिक दैनिकमा छ।

‘आयोग गठन गरेको र उक्त आयोगमा म अध्यक्ष रहेको मैले पनि सञ्चारमाध्यमबाट सुनेको हुँ,’ पराजुलीले भने, आयोग बन्नुअघि आयोगको अध्यक्ष बस्न पर्‍यो भनेर आग्रह गरे पनि त्यसपछि भने कुनै अबर आएको छैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.