|

काठमाडौं :  डलर सन्चिति र शोधनान्तर घाटा बढ्दै जाँदा नेपाल राष्ट्र बैंकले डलर सटहीलाई थप कडाइ गरेको छ। केन्द्रीय बैंकले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीलाई पनि डलर सटही सुविधा कटौती गरेको छ।

वैदेशिक रोजगारीमा जाने नेपालीले अधिकतम् २०० अमेरिकी डलरमात्रै सटही सुविधा पाउनेगरी राष्ट्र बैंकले परिपत्र गरेको छ। बैंकले मंगलबार एक परिपत्र जारी गर्दै एकीकृत परिपत्र २०७४ को बुँदा १ को खन्ड (ख) को ३ संशोधन एवं परिमार्जन गरेर नयाँ व्यवस्था कार्यान्वनमा ल्याएको जनाएको हो।

संशोधित परिपत्रअनुसार सरकारबाट अनुमति लिएर अब वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलेमात्र २०० डलर सटही गर्नसक्ने भएका छन्। यसअघि, वैदेशिक रोजगारीमा जाने नेपालीले ५०० अमेरिकी डलर सटही गर्न पाउँदै आएका थिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.