|

दमक (झापा) : गौरादह नगरपालिका–१ को एक परिवारका बाबु र दुई छोरा जटिल रोगबाट थला परेपछि उपचारमा कठिनाइ भएको छ। परमेश्वर साहको जिब्रोको क्यान्सर भई उपचार गराए पनि पुनः बल्झिएको छ। उनको जेठा छोरा सुरजको दुवै मिर्गौलामा खराबी आएपछि प्रत्यारोपण गर्नुपर्ने भएको छ। उनका भाइ प्रमोद पनि वैदेशिक रोजगारमा गएको बेला नै पक्षघात भई घर फर्किएका छन्।

परमेश्वरकी पत्नी कौशिलाका अनु्सार वैदेशिक रोजगारका क्रममा रहेका बेला परमेश्वरलाई क्यान्सर भएको थाहा भएको थियो। त्यसपछि उनी फर्किएर भक्तपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा जिब्रो काटिएको थियो। तर, रोग निको भएन। बुवा बिरामी भएका लो कमाउने बेलाका दुई छोरा पनि गम्भीर रोगबाट पीडित हुँदा परिवार अन्धकार भएको कौशिलाको गुनासो छ। सुरजका दुवै मिर्गौला प्रत्यारोपणका लागि तयारी भइरहेको छ।

सहयोगका लागि अभियान

सुरजको मिर्गौला प्रत्यारोपणका लागि तयारी गरिएको छ। त्यसका लागि चाहिने आवश्यक रकम जुटाउन ‘सुरज साह बचाउ अभियान’ थालिएको छ। सामाजिक सञ्जाल गरिएको अभियानमार्फत जुटेको ६ लाख २१ हजार १४० रुपैयाँको चेक परिवारलाई हस्तान्तरण गरिएको छ। चेक अभियानका संयोजक गणेश प्रधान, कोषाध्यक्ष राजु निरौला र गौरादह–१ का वडाध्यक्ष नगेन्द्र भण्डारीले प्रदान गरे।

स्थानीय तहबाट सुरजको मिर्गौला प्रत्यारोपणका लागि आवश्यक पर्ने कानुनी प्रकृयाहरु पूरा गर्न आवश्यक कागजात मिलाउन सहयोग गरिएको वडाध्यक्ष नगेन्द्र भण्डारीले बताए। भण्डारीका अनुसार सुरज साह बचाउ अभियान वडास्तरमा पनि सञ्चालन गरिएको छ। वडास्तरमा अर्जुन भण्डारीको संयोजकत्वमा गठन गरिएको अभियान समितिका नाममा सिद्धार्थ बैंकमा खाता खोलेर सहयोगका लागि आह्वान गरिएको वडाध्यक्ष भण्डारीले बताए। सिद्धार्थ बैंक गौरादह शाखामा ००७१५१४५९५१ नम्बरको बचत खाता खोलेर सो खातामा देशविदेशबाट सहयोगी हातहरुलाई साह परिवारलाई सहयोग गर्न आह्वान गरिएको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.