|

काठमाडौं : बुधबार राति देखि परेको पानीका कारण पूर्व पश्चिम राजमार्गको नवलपरासी बर्दघाट दुम्किबास सडक खण्ड हिलाम्य भएपछि हिलो हटाउनका लागि प्रहरीले दम्कल नै प्रयोग गर्नुपरेको छ।

सडक हिलाम्य भएर सवारी साधनहरु चिप्लिएर एक आपसमा ठोकिए पछि दुम्किबास ईलाका प्रहरी कार्यालयले चितवन र कावासोतीबाट दम्कल मगाएर पानीको फोहोराले सडकमा रहेको हिलो हटाएको छ।

सडकमा सवारी सञ्चालन गर्न अफ्ठेरो भएपछि राजमार्गमा सवारीको लामो लाईन लागेको थियो। राति देखि जाममा परेका सवारी साधनलाई प्रहरीले दम्कल प्रयोग गरेर हिलो हटाएपछि एकतर्फि रुपमा सञ्चालनमा ल्याएको दुम्किीवास ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक घजेन्द्रबहादुर कार्का बताएका छन्। 

बर्दघाटबाट दुम्किवास तर्फ जाने सडक खण्ड दाउन्नेबाट ओरालो भएका कारण त्यस तर्फका सवारी साधन सञ्चालनमा आएका छन्  भने दुम्किवासबाट बर्दघाट आउने सवारीका लागि दाउन्ने सम्म उकालो पर्ने भएकोले अहिले पनि सञ्चालन गर्न नसकिएको प्रहरी निरीक्षक कार्कीले बताए। 

बर्दघाट दाउन्ने सडक खण्ड जीर्ण भैसक्दा समेत समयमा मर्मत नहुदा पानी नपरेको समयमा धुलाम्य भएर सडक नै नदेखिने समस्या रहेको छ भने पानी पर्दा हिलाम्य भएर सवारी संचालनमा नै अफ्ठेरो हुने गरेको छ। सडकमा गरीएको पिच भत्किएर ठुला खुला खाडल बनेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.