|

सल्यान : कालीमाटी गाउँपालिकाले यहाँ रहेका सामुदायिक विद्यालयमा ५४ जना शिक्षक नियुक्ति गरेको छ। शिक्षकको अभावमा विद्यालयमा शैक्षिक गुणस्तर खस्किएकाले शिक्षक नियुक्ति गर्नु परेको गाउँपालिकाले जनाएको छ।

विद्यार्थीको गुणस्तरमा सुधार ल्याउन र विद्यालय शिक्षणमैत्री बनाउन गाउँपालिकाले नै शिक्षक नियुक्ति गरेको गाउँपालिका अध्यक्ष दानबहादुर खत्री केसीले बताए। ‘दरबन्दीको अभावका कारण निजीस्रोतबाट शिक्षक राखिएका विद्यालयमा विज्ञापन गरी शिक्षक नियुक्ति गरिएको छ,’ उनले भने, ‘गाउँपालिकामा रहेका ५४ सामुदायिक विद्यालयमा अब निजी स्रोतका शिक्षक हुने छैन।’
 
गाउँपालिकाले २६ बालविकास र प्राथमिक, १८ निमावि र १० माध्यमिक तह गरी ५४ जना शिक्षक नियुक्त गरेको छ। शिक्षकलाई उपलब्ध गराइने सेवासुविधा गाउँपालिकाले व्यहोर्ने अध्यक्ष केसीले बताए।

चार विदेशी भाषा पढाउने

गाउँपालिकाले नयाँ शैक्षिक सत्रदेखि चार भाषा पढाउने भएको छ। गाउँपालिकाभित्रको एक विद्यालयलाई नमुना विद्यालय छनौट गरी आगामी शैक्षिक सत्रदेखि अंग्रेजी, चिनियाँ, जापानी र फ्रान्सेली भाषा पठनपाठन गराइने गाउँपालिका अध्यक्ष केसीले बताए।

परीक्षका लागि पहिलो चरणमा एउटा विद्यालयमा मात्र पठ्नपाठन गराइने र सफल भए क्रमशः अन्य विद्यालयमा पनि बिस्तार गर्दै लैजाने गाउँपालिकाको योजना छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.