|

बैतडी : बैतडीका आयुर्वेदिक औषधालयमाहरुमा औषधि अभाव भएको छ। पछिल्लो समय आयुर्वेदिक औषधि प्रयोग गर्नेको संख्या बढे पनि स्वास्थ्य संस्थाहरुमा आयुर्वेदिक औषधिको अभाव छ।

दशरथचन्द नगरपालिका–१ मुस्याचौरस्थित आयुर्वेद औषधालय र वडा नम्बर ४ शाहीलेकस्थित आयुर्वेद औषधालयमा औषधिको अभावमा भएको छ। चालु आर्थिक वर्षको छ महिना बितिसक्दा समेत औषधि खरिद नहुँदा औषधिको अभाव भएको हो।

औषधि नहुँदा सेवाग्राहीलाई रित्तो हात फर्काउनुपरेको आयुर्वेद औषधालय मुस्याचौरका कर्मचारी रामदत्त भट्टले बताए। उनका अनुसार दैनिक ४० जनाभन्दा बढी बिरामीलाई फर्काउनु परेको छ। ‘नियमित रुपमा आयुर्वेद औषधिको प्रयोग गरिरहेकाहरुलाई झन् समस्या भएको छ,’ उनले भने, ‘आयुर्वेद विभागले अहिलेसम्म औषधि पठाएको छैन। दशरथचन्द नगरपालिकाले पनि अहिलेसम्म खरिद गर्न सकेको छैन।’ 

कर्मचारीको अभावका साथै सरुवालगायत कारणले समयमै औषधि खरिद गर्न नसकिएको आयुर्वेद औषधालय शाहीलेकका वरिष्ठ वैद्य नरेन्द्र कलौनीले बताए। उनले केही दिनभित्रै औषधि खरिद गर्ने बताएका छन्। आयुर्वेद औषधालयबाट दम, बाथरोग, पायल्स, ग्याष्ट्रिकलगायतका रोगहरुको औषधि बढी वितरण हुने गरेको छ। 

औषधालयले सुत्केरी आमाको दूध बढाउने स्तनपाइ औषधि समेत वितरण गर्दै आएको थियो। तर, चालु आर्थिक वर्ष औषधि खरिद नभएकाले आमाहरुलाई समेत त्यत्तिकै फर्काउनु परेको आयुर्वेदिक स्वास्थ्य केन्द्रहरुले जनाएका छन्।

बैतडीमा रहेका तीन वटा आयुर्वेद औषधालयमध्ये मेलौलीस्थित आयुर्वेद स्वास्थ्य केन्द्रले भने औषधि खरिद गरेको जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.