|

अमेरिकाको सर्वोच्च अदालतले सेनामा तेस्रो लिंगीहरुलाई काम गर्न रोक लगाउने राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयलाई सदर गरिदिएको छ। 

राष्ट्रपति ट्रम्पको निर्णयलाई सर्वोच्च अदालतको ९ सदस्यीय इजलासमा भएको सुनुवाईका क्रममा बहुमतले सदर गरेको हो। अदालतका ९ जना न्यायाधीशमध्ये ५ जनाले तेस्रो लिंगीलाई सेनामा भर्ना गर्न रोक्ने राष्ट्रपति ट्रम्पको योजनाको पक्षमा मत दिए भने अन्य चार जना न्यायाधीशले विरोध गरेका थिए।

न्यायाधीशहरुको बहुमत फैसलापछि आगामी दिनमा अमेरिकी सेनामा तेस्रो लिंगीले प्रवेश नपाउने भएका छन्। यसअघि तल्लो अदालतले राष्ट्रपति ट्रम्पको योजना तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो। 

तेस्रो लिंगी समुदायले सेनामा कुनै पनि पदमा रहेर काम गर्न नसक्ने भन्दै राष्ट्रपति ट्रम्पले उनीहरुलाई सेनामा प्रवेश नै नदिइने बताएका छन्। तेस्रो लिंगीका कारण सेनामा स्वास्थ्य खर्च निकै बढ्ने तथा विभिन्न खालको अवरोध आउने जिकिर गर्दै राष्ट्रपति ट्रम्पले उनीहरुलाई सेनामा भर्ना नगर्ने नीति लिएका थिए।

तर यसअघिका राष्ट्रपति बराक ओबामाले भने तेस्रो लिंगीहरुले पनि सेनामा प्रवेश हुन पाउने नीति ल्याएका थिए अमेरिकी रक्षा मन्त्रालयको तथ्यांकअनुसार हाल अमेरिकी सेनामा झण्डै ९ हजार तेस्रो लिंगी कार्यरत रहेको बीबीसीले उल्लेख गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.