|

काठमाडौं :  स्वास्थ्य  मन्त्रालयमा मन्त्रालयमा प्रशासन समूहका सचिव फेरिएका छन्।  स्वास्थ्य मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको  छ। 

त्यस्तै आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ। वाणिज्य सचिव घिमिरेले सामाजिक सञ्जाल फेसबुकमार्फत आजदेखि स्वास्थ्य मन्त्रालयमा काम गर्नेगरी जाने भन्दै लेखेका छन्। मन्त्रलायमा स्वास्थ्य तर्फ डा पुष्पा चौधरी सचिव छन्। उनलाई प्रधानमन्त्री कार्यालय सरुवा गरेर अधिकारीलाई स्वास्थ्यमा ल्याइएको थियो। 

सर्वोच्चको आदेशपछि डा चौधरी स्वास्थ्यमै पुनर्वहाली भएपछि दुई सचिव भएका थिए। जिम्मेवारी बाँडफाँडका क्रममा अधिकारीलाई प्रशासनन र डा चौधरीलाई अन्य कार्यक्रम हेर्ने गरी मिलाइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.