|

संखुवासभा : मनराम–एसकाज पत्रकारिता पुरस्कार दिपेन्द्र शाक्यले पाएका छन्। मनराम प्रतिष्ठान र संखुवासभा काठमाडौं जर्नालिष्ट एशोसिएशन (एसकाज)ले संयुक्तरुपमा स्थापना गरेको ‘मनराम–एसकास पत्रकारिता पुरस्कार’ पत्रकार शाक्यलाई प्रदान गरिएको हो। संखुवासभा जिल्लामा रहि निरन्तर पत्रकारिता जगतबाट योगदान पुर्‍याए भन्दै शाक्यलाई सम्मान गरिएको हो।

एसकाजले काठमाडौंमा मंगलबार कार्यक्रम आयोजना गरी शाक्यलाई २५ हजार नगदसहित ताम्रपत्रबाट सम्मान गरेको छ। कान्तिपुर मिडिया गुरुपमा आबद्ध शाक्यलाई निरन्तर रुपमा पत्रकारिता क्षेत्रमा रहि जिल्लाको विकास मिर्माण, सामाजिक, पर्यटनलगायतका क्षेत्रमा महत्वपुर्ण योगदानको कदर गदै उक्त पुरस्कारले सम्मान गरिएको एसकाजका अध्यक्ष हेमन्त गौतमले जानकारी दिए।

२०७३ देखि सुरु गरिएको पत्रकारिता पुरस्कार पहिलो वर्ष संखुवासभाका गंगा विष्टलाई प्रदान गरिएको थियो। दोस्रो वर्ष नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष इन्द्र गिरिलाई २०६४ मा पुरस्कार प्रदान गरिएको थियो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.