|

एसियाली फुटबल प्रतियोगितामा सर्वाधिक ठूलो प्रतियोगिताका रूपमा रहेको एसियन कप फुटबल प्रतियोगितामा क्वाटरफाइनल समिकरण पूरा भएको छ।

मंगलबार राति भएको खेलमा कतार र दक्षिण कोरियाले जित निकालेसँगै प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ। प्री-क्वाटरफाइनलअन्तर्गत अन्तिम चरणका खेलमा दक्षिण कोरियाले बहराईन र कतारले ईराकलाई पराजित गर्न सफल भए। कोरियाली टिमले बहराईनलाई २–१ ले हराउँदा कतारले इराकलाई १–० ले स्तब्ध बनायो।

कतारले अब सेमिफाईनल प्रवेशका लागि दक्षिण कोरियाविरुद्ध प्रतिस्‍पर्धा  साउथ कोरियासँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै अर्को सेमिफाइनल प्रवेश भिडन्तमा भियतनामले जापान, चीनले इरान र युएईले अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.