|

बाग्लुङ : नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा बुधबार बिहानदेखि बाक्लो हिमपात भएको छ। हिमपातका कारण ढोरपाटन नगरपालिकाका जनजीवन प्रभावित भएको छ।

गल्कोट नगरपालिकाको घुम्टेको लेक, जैमिनी नगरपालिकाको गाजाको धुरी, ताराखोला गाउँपालिको डुँडे लेकलगायतका पहाडहरुमा हिमपात भएको छ। हिमपातका कारण उच्च पहाडी बस्तीहरुमा जनजीवन प्रभावित भएको जैमिनी नगरपालिकाका उपप्रमुख लीला रानाले बताए। हिमपातका कारण केही विद्यालयमा पठनपाठनसमेत प्रभावित भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.