|

भक्तपुर : सूर्यविनायक नगरपालिका–५ कटुञ्जेमा बसबाट झर्ने क्रममा सोही बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।

काठमाडौंबाट जगाती तर्फ आउँदै गरेको बा ४ ख ९३९० नम्बरको बसले ठक्कर दिँदा ओखलढुङ्गा ज्यामिरे–२ घर भई हाल भक्तपुर कटुञ्जे प्रगतीचोक बस्ने ४० वर्षीया प्रतिमा वाग्ले बानिँयाको मृत्यु भएको प्रहरीले  जनाएको छ। ढोकाबाट तल झर्ने बित्तिकै बसले ठक्कर दिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

बस र बस चालक दोलखाको भिमेश्वर नगरपालिका–६ का २७ वर्षीय नवराज नेपाललाई नियन्त्रणमा लिएको प्रहरी नायब निरीक्षक पोखरेलले बताए।                                                                    


                                                                                        


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.