|

मुगुः मुगुसहित कर्णाली क्षेत्रका जिल्लामा मौसममा बदली हुँदा भारी हिमपात भएको छ। सोमबार रातिदेखि मुगुसहित कर्णालीका बिभिन्न जिल्लामा हिमपात सुरु भएको हो। हिमपातसँगै जनजीवन कष्टकर बने पनि किसानहरू भने खुसी भएका छन्।

हिमपातसँगै अब किसानहरू खेतबारीमा पस्नेछन्। बाँझो बारीमा गहुँ, जाँै, उवाँ, फापरलगायत अन्नबाली लगाउने कर्णालीवासीले योजना बनाइसकेका छन्।

कर्णालीको मुख्य फलफूल स्याउ खेतीलाई पनि हिमपातले फाइत पुर्‍याएको छ। हिमपातले कर्णालीका  जिल्ला र अन्य जिल्लाहरुमा निकै हुने कृषि बिज्ञहरु बताउँछन्। पछिल्लो समय भएको हिमपातका कारण चिसो बढेपनि किसानका लागि फाइदाजनक रहेको कृषि प्रसार अधिकृत गोविन्द सिजापतिले बताए।

भारी हिमपातले सदरमुकाम गमगढीका रोवा, रारा, पिना, रुगा तथा खत्याड  गाउँपालिकाको खमाले, श्रीकोट, गम्था, सेरीलगायत नर्खजी, सोरु गाउँपालिकाको रुमा, कच्चे, गिलाह, कालै, धैनाकोट, सोरुकोट, नेहर  र मुगुम कार्मारोङ्ग गाउँपालिकाको मुगु , किम्री, पुलु, माग्रि मह आसपासका क्षेत्रमा बाक्लो हिमपात भएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.