|

काठमाडौं : उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले डा. गोविन्द केसीसँग भएका सम्झाैता इमान्दारिताका साथ कार्यान्वयन गर्नु पर्ने बताएका छन्। बुधबार स्वास्थ्य मन्त्रालयमा पत्रकारहरूसँगको नियमित भेटघाटमा उपप्रधानमन्त्री यादवले साे कुरा बताएका हुन्। उनले भने 'म यत्ति भन्छु केसीसँग राज्यले गरेका सम्झाैता इमान्दारिताका साथ कार्यान्वयन गर्नु पर्छ', उनले भने।

मन्त्री यादवले आफू आन्दोलनकै आधारमा आएको मान्छे भएकाले आन्दोलनपछि भएका सहमति कार्यान्वयन गर्नु पर्ने बताए। 'म पनि आन्दोलनबाट आएको मान्छे हो, मागहरू पूरा गर्नुपर्छ,' उनले भने, 'के थाहा भोलि फेरि आन्दोलनमै जानु पर्छ कि?'

यस्तै उनले गुणस्तरीय मेडिकल कलेजले मात्र गुणस्तरीय डाक्टर तथा स्वास्थ्य जनशक्ति उत्पादन गर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.