काठमाडौं : नृपध्वज निरौला सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा सिफारिस भएका छन्। न्याय सेवा आयोगको मंगलबारको बैठकले उनलाई सिफारिस गरेको हो।
नृपध्वज न्याय परिषद् सचिव हुँदा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली सेवा निवृत्त भएको पत्र काटेका थिए। उनले पराजुलीको शैक्षिक प्रमाणपत्रलाई आधार मान्दै कार्यकाल किटान गरेरै पत्र लखेका थिए।
मुख्य रजिष्ट्रार डा. राजन भट्टराई उच्च अदालतको न्यायाधीश नियुक्त भएपछि रिक्त रहेको स्थानमा उनलाई सिफारिस गरिएको हो। यसअघि उनी न्याय परिषद्का सचिव थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।